राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । 

सोमबार साँझ विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । 

उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे । 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : ४९ बजे