दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आर्थिक चलखेलमा मन्त्री आले, होम आइसोलेसनबाटै बाँढे राजश्व छली र ज्यानमाराका आरोपीलाई क्यासिनोको लाइसेन्स

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पदको चरम दुरुपयोग गदै ज्यान मार्ने मुद्दाका आरोपी देखि सम्पत्ति शुद्धिकरणको मुद्दा खेपि रहेका ब्यक्तिलाई क्यासिनो लाइसेन्स बाँडेका छन् । 

राेचक कुरात  मन्त्री आलेले कोभिड संक्रमित भएर होम आइसोलेसनमै बसेको समयमा क्यासिनो सञ्चालनका लागि पूर्वस्वीकृति दिएका हुन्। 

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको महामारीले जन जनजीवन आक्रान्त भइरहेको बेलामा  सरकारले होटल लगायत देशभरका क्यासिनोहरू बन्द राख्न निर्देशन दिएकै बेला  मन्त्री आलेले न्युनतम् मापदण्ड समेत पुरा नगरेको विवादास्पद लगानीकर्ताहरुले चलाएका कम्पनीलाई धमाधम क्यासिनो लाइसेन्स बाँडेका हुन् ।  

पर्यटन मन्त्री आलेले सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिररहेका विवादास्पद छविका व्यवसायी बलराम सापकोटादेखि ज्यान मुद्दा खेपेका बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठ लगायतलाई क्यासिनोको लाइसेन्स दिएका हुन्  । 

क्यासिनोको लाइसेन्स दिने प्रक्रियामा मन्त्रालयका महाशाखा र पर्यटन विभाग समेत सामेल हुनुपर्ने नियम भएपनि  मन्त्री आलेले मन्त्रीस्तरी निर्णय गर्दै क्यासिनो सञ्चालनका लागि धमाधम अनुमति दिएका हुन् । पर्यटनमन्त्री आलेले २ कात्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा क्यासिनो भेगासलाई लाइसेन्स दिएका थिए । भेगास सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिररहेका विवादास्पद गुण्डा नाइके बले उर्फ बलराम सापकोटाको हो ।

सापकोटाले झापा मेचीनगरस्थित होटल मेची क्राउन प्लाजामा क्यासिनो खोल्न अनुमति माग गरेको भएपनि तत्कालिन मन्त्री योगेश भट्टराई र सचिव यादव कोइरालाले रोक्नुभएको थियो। तर, आलेले मन्त्री हुनासाथ अनुमति दिएका हुन् । 

पर्यटन मन्त्री आलेले सापकोटाको फाइल आफै मन्त्री तानेर क्यासिनो सञ्चालनका लागि मन्त्रीपरिषद्मा लगेको थिए ।  सरकारी शुल्क तिर्न बाँकी भएको अवस्थामा क्यासिनो सञ्चालनको अनुमति नपाइने भएपनि मन्त्री आलले आर्थिक चलेखल गरी संचालको अनुमति दिएको पर्यटन विभागका कर्मचारीहरु बताउछन् । ।

सापकोटाविरुद्ध १७ करोड ५२ लाख ७७ हजार २६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित सम्पत्ति शुद्धीकरण विभागले २०७७ असोज १९ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनकी श्रीमति सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५८ लाख ६४ हजार ७४४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर छ ।

काभ्रे रोशी गाउँपालिकाका सापकोटा ९ कात्तिक ०७६ मा महाराजगञ्जमा जुवा अड्डाबाट दुई करोड ६७ लाख नगदसँगै हाई प्रोफाइल २५ जुवाडेसँगै पक्राउ परेका थिए। त्यसपछि उनको सम्पत्ति छानविन शुरु भएको थियो । 

ज्यान मार्ने मुद्दा खेपेका श्रेष्ठलाईसमेत अनुमति

पर्यटन मन्त्री आलेले ९ कार्तिक २०७८ गते नेपालगञ्जको होटल स्नेहामा रहने गरी ‘क्यासिनो बेल्लिज’ लाई पनि लाइसेन्स दिएका छन् । यो काठमाडौँको होटल मल्लस्थित ‘बेल्लिज क्यासिनो’का सञ्चालक ज्ञानेन्द्र श्रेष्ठको कम्पनी हो । श्रेष्ठ बेबिलोन डिस्कोका राकेश लिम्बुदेखि रानीबारीमा इन्जीनीयर दम्पती र ललितपुरका मिनकृष्ण महर्जनमाथि आक्रमण गरेर ज्यान मार्ने उद्योगमा मुद्दा खेपेका व्यक्ति हुन् ।श्रेष्ठले क्यासिनो सञ्चालन गर्न अनुमति दिएसँगै उनले अवैध रुपमा ४० करोड रकम ल्याएको दाबी छ । श्रेष्ठले एफडीआई नगरी श्रीलंकाबाट हुण्डीमार्फत उक्त रकम भित्राएर क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

पहिले भेन्टेज नेपालको नाममा रहेको उक्त क्यासिनोमा अहिले बेल्लिज प्रालि बनाई ७५ प्रतिशत श्रीलंकाली नागरिक अनुराधा परेरा, २१ प्रतिशत श्रेष्ठ र ४ प्रतिशत जीवन चन्द सेयर राखिएको छ । श्रीलंकाली नागरिकको नाममा सेयर राखिए पनि एफडिआई नगरी रकम ल्याइएको छ । 

यसैगरी मन्त्री आलेले ५ माघ २०७८ मा चिनियाँ लगानी रहेको क्यासिनोलाई पाँच तारे होटल अलफ्टमा क्यासिनो सञ्चालन गर्नका लागि वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रालिलाई स्वीकृत दिएका छन् ।

४ मन्त्री र २ सचिवले रोकेको  फाइल आलेले गरे आइसोलेसनबाट स्वीकृत 

क्यासिनो सञ्चालनका लागि भन्दै यो कम्पनीले पर्यटन विभागमा २ वर्ष अगाडि नै फाइल बुझाएको थियो। विभागले पनि पूर्वस्वीकृतिका लागि भन्दै मन्त्रालयमा पठाएको थियो।

तर पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारी र यादव कोइरलाले क्यासिनोको लगानी तथा पूर्वाधारको काम मापदण्ड बमोजिम नरहेको भन्दै क्यासिनो सञ्चालनको पूर्वस्वीकृतको फाइल रोकेको थिए। उनीहरुलाई पूर्वपर्यटन मन्त्री योगेश कुमार भट्टराई, भानुभक्त ढकाल, लिलानाथ श्रेष्ठ  र उमाशंकर अगरियाले समेत मापदण्ड पुरा नभएको र लगानीको विषयमा केही शंकास्पद रहेको भन्दै फाइल रोकेका थिए।

तर, आलेले अहिले सिधै फाइल मागेर पूर्वस्वीकृति दिएका हुन्को ।  विना पूर्वाधार तथा मापदण्ड समेत पुरा नगरेको कम्पनीलाई आर्थिक छलफल गर्दै क्यासिनो सञ्चालनको पूर्वस्वीकृति दिइएको हो । 

मन्त्रालयबाट फाइल बोक्ने काममा  पर्यटन मन्त्री आलेलको सचिवलयमा काम गरिरहेका एक जना नेपाल एयरलाइन्सका पाइलट रहेको स्रोतको दाबी छ। मन्त्रालयको कोठा कोठामा फाइल लगेर सबै प्रक्रिया पुरा गरेर होम आइसोलेसनमा रहेको मन्त्रीकहाँ फाइल पनि बोकेर एयरलाइन्सकै पाइलट पुगेकको स्रोतको दाबी छ।

कोरोना भएर मन्त्री आले आफै कोरोना संक्रमित भई होम आइसोलेसनमै बसेको बेला क्यासिनो सञ्चालनको अनुमति दिएका हुन् । 

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : २९ बजे