दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

बारा – जितपुरसिमरा उपमहानगरपालिका-१ सिमरा विमानस्थलबाट भारत बिहार नवाधा थाना अक्बरपुर बस्ने ३८ वर्षीय शिव शंकर बब्लुलाई नेपालमा प्रतिबन्धित २ हजार दरका १ सय थान गरी जम्मा २ लाख भारतीय रुपैयाँ नगद सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 डिपार्चर रुममा काठमाडौंतर्फ जान लागेका यात्रुहरुलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा शिव शंकरलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई बरामद नगद सहित आवश्यक कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पठाईएको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : १८ बजे