मालपोत कार्यालय काभ्रेको सेवा पाँच दिनका लागि बन्द 

काभ्रेपलाञ्चोक ।  कोरोना संक्रमण दर बढ्दै गएपछि मालपोत कार्यालय काभ्रेले सोमबारदेखि पाँच दिनका लागी सेवा प्रवाह बन्द गरेको छ ।  आज एक सूचना जारी गर्दै कार्यालयले माघ १४ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरेको जनाएको हो ।  

कर्मचारीलाइ समेत कोरोना संक्रमण पुष्टी भएको र धेरै कर्मचरीलाई कोरोनासँग मिल्ने विभिन्न लक्षणहरु देखा परेको भन्दै  सेवा प्रवाह बन्द गर्नु परेको  मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यलयले अत्यावश्यक सेवा रआन्तरिक प्रशासनिक कार्यहरु बाहेकका यस कार्यालयबाट प्रदान गरिने अन्य नियमित सेवाहरु स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ । 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ५ : ०० बजे