दोहोरो अङ्कले घट्यो सेयरबजार

काठमाडौँ – आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०.८३ अंकले घट्दै २९ सय २०.५१ विन्दुमा पुगेको छ ।  तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिर जस्तै रहँदै ०.०६ प्रतिशतले मात्र वृद्धि हुँदै ५८३.८० विन्दुमा अडिएको छ । यस दिन जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फन्ड र म्यानु एण्ड प्रो बाहेकका सबै जसो उपसूचकहरु ऋणात्मक भएका छन् ।  यद्यपि, १० अंक माथिले घटेको बजारमा आज ७ अर्ब माथिको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज एक करोड ४७ लाख कित्ता माथिको सेयर बजारमा ८७ हजार भन्दा बढी पटक किनबेच हुँदा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ४ : ०२ बजे