मकवानपुर – बकैया गाउँपालिका-६ गढवन र भोगटे लगायत क्षेत्रमा अवैध रुपमा लगाइएका गाँजा तथा अफिम खेती शनिबार प्रहरीले नष्ट गरेको छ ।
उक्त स्थानमा लागूऔषध गाँजा तथा अफिम खेती रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले २९ कठ्ठामा लगाएको गाँजा तथा ४ कठ्ठामा लगाएको अफिम खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ९ माघ २०७८, आइतबार ३ : ४६ बजे
प्रतिक्रिया