सरकार सबैतिर असफल- अध्यक्ष ओली (वक्तव्यको पूर्णपाठ)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक बक्तव्य जारी गर्दै वर्तमान सरकार सबैतिरबाट असफल भएको बताउनु भएको छ ।

अध्यक्ष ओलीले ८ पृष्ठ लामाे १५ बुँदे वक्तव्य जारी गर्दै परमादेशबाट गठित यो सरकार आएदेखि मुलुक गहिरो संकटतिर धकेलिदै गएको समेत बताउनु भएको छ । वक्तव्यमा अध्यक्ष ओलीले शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरू गम्भीर रूपले समस्याग्रस्त बनेको उल्लेख गर्नुभएको छ ।

उहाँले कोभिड महामारीविरुद्धको प्रतिकार्य लथालिङ्ग भएको वक्तव्यमा उल्लेख गर्नुभएको छ ।अर्थतन्त्रका सबै सूचकहरूले गम्भीर अनिष्टको सङ्केत गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय बजेटलाई विस्थापन गरेर नयाँ बजेट ल्याएको वर्तमान सरकारको कार्यकालमा विकासको गति ठप्प जस्तै भएको र नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक सङ्कटतिर उन्मुख भएको दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले वक्तव्यमा स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने नियतले गठबन्धन सरकार लोकतन्त्रको मर्ममाथि प्रहार गर्न उद्यत देखिएको भन्दै स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा नेकपा एमालेको स्पष्ट, द्विविधारहित र दृढ अडान रहेको र यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ ।

वक्तव्यको पूर्णपाठ :

​​​​​​​

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १२ : ५९ बजे