‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

म मदनले निर्माण गरेको समाजवादको बाटो पछ्याउँदै छु : नेता  गौतम 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता वामदेव गौतमले आफू जननेता मदन भण्डारीले  निर्माण गरेको समाजवादको बाटोमा रहेको बताउनुभएको छ ।  

विचारक तथा संगठक मदन भण्डारी र जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा उहाँले यस्तो बताउनुभएको हो । 

‘आज पनि म उहाँहरूले निर्माण गर्नु भएको समाजवादको बाटो पछ्याउँदै हिँडिरहेको छु । यसै सन्दर्भमा म आज फेरि उहाँहरूको स्मृति दिवसमा उहाँहरूकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने सङ्कल्प गर्छु’ उहाँले भन्नुभएको छ । 

मदन र आश्रितको बाटोमा हिँड्नु विखण्डन र आपसी द्वेषबाट मुक्त हुनु हो भन्दै उहाँले सहकार्यको दिशामा अग्रसर हुनु सबैमा आग्रह गर्नुभयो । ‘तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जन पन्थ हाबी हुन खोज्दै छ । म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरूमा नेकपा (एमाले)सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यस निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरू मुक्त हुन आग्रह गर्दछु’ नेता गौतमले भन्नुभएको छ  । 

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : १८ बजे