सरकारले २४ करोड खर्च गरेर मन्त्री क्वार्टर सजाउने

काठमाडौँ – सरकारले मन्त्री क्वार्टरको सजाउन २४ करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ।

जनताले सिटामोल, सिरिन्ज, खोप, उपचार नपाइरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भने  मन्त्री क्वार्टर सजावटको निम्ति २४ करोड रुपैयाँ खर्च गर्न तयार भएको हो ।

देशमा कोरोना महामारी व्यापक रुपमा फैलिरहेको, अर्थतन्त्रको अवस्था नाजुक र सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माण तीव्रता नदिएर यस्तो बेलामा सरकार राज्यको ढुकुटीबाट २४ करोड रुपैयाँ सजावटमा खर्चिने तयारी गरेर बसेको छ।

सरकारले २४ करोड खर्चेर मन्त्री क्वार्टरका लागी फर्निचर, बेड, मिटिङ हल, कुर्ची, पर्दा, किचन लगायत अन्य सजावटका सामग्री खरिद गर्न मोटो रकम खर्च गर्न लागेको आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताएका छन् ।

निर्माणाधीन मन्त्री क्वार्टरको इन्टेरियर डिजाइनदेखि आन्तरिक सजावटका सामग्री खरिद गर्नका निम्ति २४ करोड रुपैयाँको बजेट बनाएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : २२ बजे