राप्रपालाई विधानबाट राजसंस्था र हिन्दु राष्ट्र शब्द हटाउन निर्वाचन आयोगकाे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएको छ। आयोगले माघ २ गते पत्र काट्दै राप्रपालाई  ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश विधानबाट हटाउन दवाव दिएको हो । 

 उक्त मान्यता नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल भएको आयोगले उल्लेख गरेको छ । 

त्यस्तै, आयोगले राप्रपालाई आफ्नो झण्डाबाट गाईको चिन्ह हटाउन समेत निर्देशन दिएको छ । नेपालको झण्डा तथा राष्ट्रिय चिन्हहरु कुनै दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने आयोगबाट गत वर्ष निर्णय भएको भन्दै पत्रमा विधानको धारा ४ (क)मा उल्लेखित ‘झण्डाको मध्य भागमा भाई चिन्ह भएको’ भन्ने वाक्यांश हटाउन भनिएको छ ।

‘नेपालको राष्ट्रिय झन्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाईलगायत राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनैलाई दिइएको भए पुनरावलोकन गर्ने निर्णय भएकाले झन्डाको मध्य भागमा गाई चिन्ह भन्ने वाक्यांश हटाउन हुन,’ आयोगको पत्रमा भनिएको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ४८ बजे