युवा संघको ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन (सर्कुलरसहित)

​​​​​​​काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालले संयोजकमा किरण पौडेल, सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी सहितको ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पुस २८ देखि ३० गतेसम्म पोखरामा आयोजना भएको  उक्त वैठकले गठन गरेको आयोजक कमिटीलाई अन्तिम रुप दिँदै संयोजक किरण पौडेलले विशेष सर्कुलर जारी गरेका छन् ।

सर्कुलरका अनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद निर्माण गर्ने ,परिषदमा २० प्रतिशत मनोनित हुने , युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म बिस्तार गरिने निर्णयसमेत गरेको छ ।

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ०१ बजे