मधेस सरकारले मानेन चुच्चे नक्शा !

​​​​​​​काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री हुँदा सांसदबाट पारित गरिएको चुच्चे नक्सा मधेस प्रदेश सरकारले प्रयोग नगरेको भेटिएको छ ।

मधेस प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा नेपालको चुच्चे नक्सा प्रयोग नगरी बुच्चे नक्सा प्रयोग गरेको भेटिएको हो ।

प्रदेश सभा सचिवालय मधेस प्रदेश जनकपुरधामले २०७८ माघ ३ गते निकालेको प्रदेश राजपत्रमा नेपालको आधिकारिक नक्सा प्रयोग नगरेको पाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र कर्मचारीको  हेलचक्र्याइँका कारण नेपालको आधिकारिक चुच्चे नक्साको सट्टा पुरानो बुच्चे नक्सा प्रयोग भइरहेको छ ।

नेपालको आधिकारिक चुच्चे नक्सा मधेस प्रदेश सरकारको यो गम्भीर त्रुटि हो कि नियोजित रूपमा प्रयोग नगरेको भन्ने कुरा आम नागरिकको चासोको विषय बनेको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ११ बजे