‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिद्धान्त अनुरूप एमाले अघि बढे मदनको सपना साकार हुन्छ : वरिष्ठ नेता नेपाल 

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरूप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने बताउनुभएको छ । 

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औँ स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको हो ।  २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए ।

उहाँले विगतका गल्ती सच्याएर अघि बढेमा मदनप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । ‘नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरूप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुन्छन् ।देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरूलाई सच्चाएर हिँड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।’

उहाँले भन्नुभएको छ ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जिप दुर्घटनामा दुःखद निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्य तथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ८ : ३६ बजे