सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार जना घाइते

सिन्धुपालचोक – सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएकाे हाे ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुकाे  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ । 

गाडी  अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियाे ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ५६ बजे