‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का तत्कालीन महासचिव एवम् जनताको बहुदलीय जनवादका प्रणेता मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस -२०७८  आज विविध कार्यक्रम गरी मनाइँदै छ ।

२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जिप दुर्घटनामा जबजका प्रणेता भण्डारी र कुशल संगठक आश्रितको मृत्यु भएको थियो ।

रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन ।

भण्डारी र आश्रितको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।

यो वर्ष विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण औपचारिक भेला भएर कुनै पनि कार्यक्रम गर्न नसकिए पनि मदन भण्डारी फाउण्डेशनले मदन -आश्रित स्मृति दिवसको सन्दर्भमा 'समकालीन विश्व परिस्थिति र मार्क्सवादको सान्दर्भिकता' (पुस्तक परिचर्चा) का बारेमा ९ः३० बजे भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । 

बाम आन्दोलनका धरोहरका रूपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्त्वपूर्ण छ । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ७ : १३ बजे