‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश जारी

कर्णाली । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्ररूपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९ बुँदे आदेश जारी गरेको छ । 

कोभिड–१९को सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८, सङ्क्रमण रोग ऐन–२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९६० को उपदफा ९३० ले दिएको अधिकारी प्रयोग गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज राति १२ः०० बजेदेखि अर्को सूचना नभएसम्म लागु हुनेगरी १९ बुँदे आदेश जारी गरिएको छ । जारी आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर क्लब, जिमखाना, रङ्गशाला, सङ्ग्रहालय, पुस्तकालय, कभर्डहल, जात्रा, फुटसल जात्रा, महोत्सवलगायतका मानिसको भीडभाड हुने कार्यक्रम नगर्ने उल्लेख गरिएको छ । त्यस्तै शैक्षिक संस्थामा भौतिकरूपमा तालिम केन्द्र, कोचिङ सेन्टर, कलेज, विद्यालय उपस्थिति पठनपाठन नगर्न र नगराउन आदेश दिइएको छ । 

मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बालगायतका धार्मिकस्थलमा भीडभाड हुने गरी सामूहिक पूजाआजा नगर्ने, सम्बन्धित पूजारीबाट जनस्वास्थ्यका मादण्ड पालना गरी नित्य पूजा, ध्यान वा प्रार्थना मात्र गर्ने गराउने, सबै सार्वजनिकस्थलमा भौतिक दूरी कायम तथा अनिवार्य मास्क लगाउने, सार्वजनिक सेवा लिन खोप कार्ड (मोबाइलमा फोटो भएपनि) हुने गरी अनिवार्य साथमा राख्नुपर्ने आदेश गरिएको प्रजिअ रिजालले बताउनुभयो ।

“जारी गरिएका सबै आदेश व्यक्ति, संस्था, समूह, क्लब तथा विभिन्न संगठनले पालना गर्नुपर्नेछ,” उहाँले भन्नुभयो, “आदेशको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही र सजाय हुनेछ ।” प्रजिअ रिजालले बार प्रणाली लागू गरेर प्रशासनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको बताउनुभयो । 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ३७ बजे