मलेसिया भ्रमणमा रोक

काठमाडौं – सरकारले मलेसियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ । 

कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गएका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो । 

मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ४२ बजे