देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले आज दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्रीको सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ । आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : ३६ बजे