यस्तो छ आजको विनिमय दर

भारतमा एकै दिन साढे तीन लाख कोभिड संक्रमित 

नयाँ दिल्ली – भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको  संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । 

यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् । 

एजेन्सी

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १० : ४५ बजे