साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपाल आयल निगमले आजबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

आज राति १२ बजेबाट लागू हुनेगरी  निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा मूल्यमा दुई रुपैयाँ प्रतिलिटरको दरले वृद्धि गरेको हो। 

निगमले  मूल्य वृद्धि पश्चात अब पेट्रोलको मूल्य  प्रतिलिटर एक सय २३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ र हवाई इन्धनको मूल्य ७८ रुपैयाँ हुनेछ।

निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : १४ बजे