हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौं – गत १४ पुस पछि पुनः  मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएको छ। 

बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ ।

सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : १० बजे