आजदेखि सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

काठमाडौं – कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप आजदेखि सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ 

उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले   सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य देखाउनुपर्ने निर्णय गरेको थियो ।

प्रशासनले उपत्यका भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्नका लागि आजबाट खोपकार्ड अनिवार्य गरेको छ । खोप कार्ड हरेर मात्र आगन्तुकलाई सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश  दिइने छ ।

सेवाग्राहीले खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाएर सार्वजनिक स्थलमा प्रवेश गर्न सक्ने छन्  ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : २१ बजे