‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

काठमाडौं – लोकसेवा आयोगले लिखित परीक्षाहरू स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो। 

आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने लिखित परीक्षा स्थगित गरिएको जनाएको छ । यस्तै, फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षासमेत कम्तीमा सात दिनको पूर्वसूचना दिई पुन:तालिकिकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ ।

परीक्षा बाहेकका अन्य पूर्वनिर्धारित कार्यक्रम भने यथावत् रूपमा सञ्चालन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ८ : २७ बजे