पिर्के सलामी खान मिल्ने, सीमाबारे बोल्न किन नमिल्ने ?

सडकमा छँदा मुखमा टेप लगाएर, मन्त्री बनेपछि पिर्के सलामी खाएर सामाजिक सञ्जालमा भाइरल बनेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले फेरि विवादास्पद र लज्जाजनक अभिव्यक्ति दिएकी छिन् । जनताको पसिनाबाट आर्जित कर खाइरहेकी यी झाँक्रीले पछिल्लो पटक आफ्नै देशको सीमा बारे कुर्सीमा बसेर अभिव्यक्ति दिन नमिल्ने अभिव्यक्ति दिएकी हुन् ।

सत्ता र शक्ति नपाउँदा सडकमा मनपरी बरबराउने र नेताका नाडी समाएर रमिता झिक्ने यी झाँक्री तीनै नेतृ हुन जसले मर्यादाको सामान्य ख्याल पनि नगरी देशकै सर्वोच्च र सम्मानित संस्था प्रति तुच्छ गाली गर्ने गर्थिन् । सामान्य लाज र घिनसमेत नभएकी झाँक्रीका तीनै तुच्छ र मनपरी भनाइमा रमिता मान्ने पाखण्डहरू आज झाँक्रीले मुलुकको मन्त्रीको कुर्सीमा बसेर राष्ट्रियताको विषयमा दिएको यत्ति निर्लज्ज अभिव्यक्तिलाई कसरी लिइरहेका छन् होला ? कि ती पनि रामकुमारी झाँक्री झैँ आफैले आफ्नो मुखमा टेप लगाएर यत्तिखेर भन्दै होलान्– ‘मैले बोल्न पाइन’ ।

जनताको समर्थनबाट हैन पार्टीमा झगडा गरेर भाग खोजेर बल्लतल्ल समानुपातिक सांसद बनेकी यी झाँक्री पार्टी पदका लागि विरोधी गतिविधि गर्दा कारबाहीबाट जोगिन फर्जी कागज र चार दिने कानुन (देउवाले जारी गरेको अध्यादेश) बाट कुर्सीमा पुगेकी हुन् । सडकमा छँदा पोस्टर गर्ल भनेर चर्चा बटुल्ने गरेकी यी झाँक्रीको राष्ट्रियता कति कमजोर रहेछ भन्ने कुरा त आज उनकै बोलीले पुष्टि गरेन र ? कम्फर्टेबल बालाहरू कस्का गोटी हुन् जो आज आफ्नै देशको सीमाको विषयमा बोल्न नमिल्ने अभिव्यक्ति खुलम खुल्ला दिन सक्ने भएका छन् ।

मन्त्री हुनु भन्दा अगाडी रत्नपार्क र माइतीघर तिर मुख छोपेको (टेप लगाएको) अवस्थामा भेटिन्थिन यिनी । तथा नाम बोल्दै अझ बोल्न पाइँदैन भन्दै हिँड्ने यिनलाई आज कसले मुखमा के कोचिदियो जो मन्त्री भएर पनि देशको पक्षमा बोल्न सकिरहेकी छैनन् । जनताको करबाट सेवा सुविधा लिएर झन्डा हल्लाउने यी झाँक्री यदि देशका पक्षमा बोल्न सक्दिनन् भने यिनलाई पर चक्रीहरूकै झुठो पुरो प्यारो छ, यिनलाई उतैको जिम्मा लगाउन मिल्दैन र ? चर्चा की भोगी झाँक्री चर्चा हुन कै निम्ति कुनै समय आफै पिर्के सलामीको विरोध गर्ने गर्थिन तर आज उनलाई त्यही प्यारो भएको छ ।

मन्त्रालयमा बसेर मन्त्रीपरिषद्कै निर्णयको उलङ्घन गर्न सक्ने यिनलाई कसले रोकेको छ र आज आफ्नै देशको सीमाको विषयमा  आफुले बोल्न नसक्ने अभिव्यक्ति दिँदै छिन् । यस्ता अभिव्यक्तिले यी कसको सेवा गरिरहेकी छिन् स्पष्ट हुँदैन र ? कुनै समय निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरू बलात्कृत भए भनेर डङ्का फुकेर हिँड्ने झाँक्री आज साचीकै मुखमा टेप लगाएर बसेकी होइनन् र ? कुनै समय केपी ओलीलाई तानाशाह,अहङ्कारी र सन्की प्रधानमन्त्री भन्ने झाँक्री अहिले सीमा मिच्दा गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुइक् बोल्ने हिम्मत किन गर्दिनन् के सीमाको रक्षा गर्नु तानाशाही हुनु हो ?

हुन त देशका उच्च पदमा बसेका व्यक्तिहरू विरुद्ध बोलेर मिडियामा भाइरल हुन खोज्ने तथा सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउन नाना थरीको चर्तिकला देखाउने झाँक्रीको पुरानै बानी हो । झाँक्री कुनै जनताले चुनेर पठाएको जनप्रतिनिधि पनि होइनन् । उनी त टाँङ्ग मुनिबाट छिरेर एमालेको समानुपातिक कोटा मार्फत सांसद बनेकी हुन् । आफूलाई अव्वल देखाउन उनीले गरेको खुरापाती जति निम्न स्तरको हुन्थे आज साँच्चैमा पनि उनी त्यति नै निम्न स्तरको नेतृ रहेको प्रमाणित हुँदै गएको छ ।

सेलिब्रेटी राजनीतिकर्मीका रूपमा उदाएकी झाँक्रीमा बौद्धिकता नभएकाले उनीलाई बौद्धिक जमातले कहिले पनि राम्रो मानेनन् र उनको यो प्रवृत्ति समय अन्तराल पश्चात् ठुलै मूल्य चुकाउनु पर्ने अवस्थामा पुग्दै छ । सडकमा हुँदा चर्का कुरा गरेर चर्चामा आउने र पदमा पुगेपछि लुत्ते कुकुर झैँ विदेशीकै लागि भुक्ने यस्ता झाँक्रीलाई चिन्न अब ढिला भइसक्यो । आगे जनता जनार्दन ।

अन्तमा यी झाँक्रीलाई भने एउटै प्रश्न आफैले विरोध गर्ने गरेको पिर्के सलामी खान आज आफैले मिल्ने, देशको मन्त्री जस्तो उच्च पदमा पुगेर पनि आफ्नै देशको राष्ट्रियताको पक्षमा चाहिँ बोल्न किन नमिल्ने ?

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ६ : ३६ बजे