एकैदिन १२ हजार ३३८ जनामा कोरोनाको संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २७ हजार ४९७ जनामा परिक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ६४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६३२ पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : ३२ बजे