‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोरोनाको खोप प्रति डोज एक हजारमा बेचेको खुलासा

​​​​​​​​​​​​​​काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोना विरुद्धको २५ लाख डोज खोप हराएपछि अहिले देशभर हल्लीखल्ली मचिएको छ । 

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २५ लाख डोज खोपको कहीं कतै रेकर्ड नभेटिएको बताएपछी उक्त खोप कर्पोरेट हाउसलाई बेचेको भन्दै चर्चा हुन थालेको हो ।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले कर्पोरेट हाउसमा गएर खोजे खोप भेटिने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा गौतमले – ‘हराएको २०–२५ लाख डोज भ्याक्सिन पत्ता लगाउन कन्सल्ट्याण्ट नियुक्त गरेर प्रदेश, जिल्ला र पालिका पठाउने, कर्पोरेट  हाउसतिर खानतलासी गरे पुग्छ, रेकर्ड नराखी भ्याक्सिन लगाउनेलाई अर्को वर्ष पदक पक्का!’ भन्दै लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार कर्पोरेट हाउसमा एक हजार रुपैयाँका दरले खोप बिक्री भइरहेको सूचना आफू कहाँ आएको जानकारी दिएका छन् । ‘केही कर्पोरेट हाउसहरूमै पुगेर एक हजार रुपैयाँ प्रतिडोजमा खोप लगाइन थालेको सूचना आएको छ,’ ‘अब कडाइ नगरे खोप कालोबजारी हुने अवस्था देखियो' उनले भने।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले पनि खोप उपत्यकाका कर्पोरेट हाउसहरूमा एक हजार रूपैयाँमै बेचिँदै आएको सूचना पाएको बताएको छ।  सरकारले सार्वजनिक निकायमा खोप कार्ड अनिवार्य गराएसँगै विचौलियहरूले फाइदा उठाउँदै खोप कर्पोरेट हाउसमा अवैध रुपमा बेच्न थालेका शंका गरिएको छ।

केहि दिन अघि सामाजिक संजाल टिकटकमा कोरोनाको बुस्टर डोजको खोप दरबारमार्गमा बेच्दै गरेको भिडियो समेत भेटिएको थियो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य मन्त्रालयले अब कडाइ नगरे खोपको कालोबजारी भयावह अवस्थामा पुग्ने जानकारहरु बताउछन् ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ३ : २१ बजे