मूल्यवृद्धिको विरोधमा सडकमा उत्रिए विद्यार्थी, प्रधानमन्त्री देउवाको पुत्ला दहन

​​​​​​​काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।  

एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै  सरकारविरुद्ध नाराबाजी सहित प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो । 
प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको थियो । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाएको छ । मुल्य वृद्घिको चौतर्फी  विरोध सुरु भइरहेको छ । 

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  २ : ५८ बजे