‘परिकल्पना नेपाल’ को अध्यक्षमा प्रा. तिम्सिना चयन

काठमाडौं । ‘परिकल्पना नेपाल’ (इमाजिन नेपाल) को हालै सम्पन्न साधारण सभाले प्रा.डा. तत्त्व प्रसाद तिम्सिनालाई तीन वर्षका लागि अध्यक्षमा चयन गरेको छ । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध तिम्सिना आईसीए अन्तर्राष्ट्रिका पूर्व अध्यक्ष समेत रहिसक्नु भएको छ ।

प्राध्यापन, प्रशिक्षण तथा सामुदायिक  विकासमा संलग्न हुनुभएका प्रा.तिम्सिना  परिकल्पना नेपाल’ सँग लामो समयदेखि आबद्ध रहँदै आउनु भएको छ । तिम्सिना  चक्रपथ डट कमका नियमित स्तम्भकार समेत हुनुहुन्छ ।

नेपाल तथा नेपालीहरूको सकारात्मक भविष्यका लागि प्रतिबद्ध ‘परिकल्पना नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा कार्यरत  ‘एप्रिसियटिभ इन्कारी’ समूहसँग सहकार्य गर्दै नेपाल तथा विश्वका अनुभवहरूका आधारमा सकारात्मक तथा समृद्ध नेपालको परिकल्पना सहित नयाँ परिवेशको विकास गर्नेतर्फ कार्यरत छ । नेपाल लगायत अन्य विभिन्न देशहरूमा ‘इमाजिन’ नाममा ‘एप्रिसियटिभ इन्कारी’ समूह तथा संस्थाहरू कार्यरत छन् । 

तिम्सिनाको अध्यक्षतामा गठित  कार्य समितिमा रुपेन्द्र महर्जन र विष्णुहरि भट्ट क्रमशः महासचिव र कोषाध्यक्ष चयन हुनुभएकाे  भने रमेश कुमार अधिकारी, डा. सरोज धिताल, देवराज पौडेल, आश्विनी कुमार पुडासैनी, डा. आर.सी. लामिछाने, निर्जला भट्टराई, सहदेव महत र श्रीकान्त खतिवडा सदस्यमा चयन हुनुभएकाे छ । 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  २ : १८ बजे