अर्को गौर हत्याकाण्ड घटाउने बहालवाला मन्त्रीको धम्की

काठमाडौँ । संघीय सरकारको भौतिक पूर्वाधार मन्त्री रेणु यादवले अर्को गौर हत्याकाण्ड घटाउने धम्की दिएकी छिन् ।

बुधबार रौतहटकाे गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपाकी नेतृसमेत रहेकी मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर नरसंहारको इतिहास जिवीत छ र तुफानसँग टकराउने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो भन्दै धम्की दिएकी छिन् ।

मन्त्री यादवले हिन्दी भाषामा हिंसात्मक अभिव्यक्ति दिँदै ‘तुफानसँग टकराउने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, तपाईंलाई पनि घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ, सतर्क रहनुस् ।’ 

मन्त्री यादवले ‘डाक्टरसाब यदि कलेजोमा तागत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबार घेराउन गर्नुस्, लड्ने प्रयास नगर्दा बेस हुन्छ’  उनले भनेकी छन् । 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  २ : ०० बजे