चुनाव घोषणा गर, पाँच दलसँग एक्लै भिड्न तयार छौं : गोकुल बास्कोटा

​​​​​​​काठमाण्डौं । नेकपा एमालेका पोलिटब्यारो सदस्य एवं काभ्रे क्षेत्र नं. २ का सघीय सभासद् गोकुल वास्कोटाले पाँच दलसँग एक्लै भिडने चुनौती दिनुभएको छ ।

पाँच दलीय गठबनलाई उपियाको शंज्ञादिंदै बास्कोटाले चुनाव घोषणा गर्न डराइरहेको तोला न छडाकको गठबन्धनसँग एमालेले एक्लै चुनाव लड्ने बताउनुभएको हो ।

विहिवार सामाजिक सञ्जाल मार्फत बास्कोटाले अविलम्व चुनावको घोषणा गर्न पनि माग गर्नुभएको छ । नेता वास्कोटाले सरकारले कोभिड देखाएर चुनाव टार्न खोजेको आरोप पनि लगाउनुभएको छ । उहाँले भन्नुभएको छ –फेरि भन्छु– पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस्।हामी तीब्र प्रतीक्षा,स्वागत र पाँच उपिंयाको गठबन्धन तोला न छटाकसँग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १२ : २७ बजे