सुनकाे मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

बुधबारकाे तुलनामा  बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महास‌ंघका अनुसार बुधबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ११ : ३२ बजे