‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बढ्याे काेराेना , घट्याे पीसीआर परीक्षण शुल्क 

काठमाडौं  । थाम्नै नसक्ने गरी दैनिकजसो कोरोनाका संक्रमित बढेसँगै  सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । 

पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । 

सरकारी प्रयोगशालाले लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा. अधिकारीले जानकारी दिए । 

उनका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन्  ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ५ : ४० बजे