दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

धनुषा – बटेश्वर गाउँपालिका-४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपालिका-७ गोराना बस्ने अमित कुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका-४ बस्ने २७ वर्षीय जिवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कम्लेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेश रवि दास रहेका छन् । जिवन लगायत ४/५ जना व्यक्तिहरुले भारतबाट काम गरी घरतर्फ जाँदै गरेका अमित कुमारको साथबाट उक्त धनमाल लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घाइते भएका १ जना प्रहरी कर्मचारीको स्थानिय मेडिकल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उनको उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ३ : ४८ बजे