दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि, १४५ जनाको मृत्यु

काठमाडौं – नेपालमा थप ७ हजार ३६८ जनामा कोरोनाभाइरसको संक्रमणबाट  पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार  पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरि कुल ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो चौबीस घण्टामा ६ हजार ६४८ जना कोरोनामुक्त भएको जनाएको छ ।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या एक लाख १० हजार २६३ पुगेको छ।

आज काठमाडौंमा १ हजार ८८१ जना, ललितपुरमा  ४३६ जना र भक्तपुरमा २९२ जना कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा देशभरि कुल १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ४ : ५० बजे