राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई सङ्क्रमण

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

आज पीसीआर परीक्षणको क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उहाँका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । 

रुघाखोकीजस्ता समस्या आएपछि उहाँ स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहनुभएको छ । 

रासस

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ४३ बजे