‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनको सेवा स्थगित

परासी – कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ । 

कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएकोे छ । कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवा आगामी माघ नौ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

 नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा स्थगित गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा दैनिक दुई÷तीन सय सेवाग्राही नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि आउने गरेका छन् । 

इलाका प्रशासन कार्यालय सेमरीलेसमेत अत्यावश्यक सेवा स्थगित गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकोले आगामी माघ ९ गतेसम्म सेवा प्रवाह स्थगित गरिएको कार्यालय प्रमुख मनोज सुवेदीले जानकारी दिनुभयो । 

पछिल्लो पटक जिल्लामा कोराना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा १०० जना सक्रिय सङ्क्रमित रहेका छन् । 

रासस

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ५ : ११ बजे