‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

माघको दोस्रो सातासम्म कोरोना संक्रमण उत्कर्षमा पुग्ने

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन मन्त्रालयले गरेको हो ।

संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा कोभिड(१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै सो तथ्यांक सार्वजनिक गर्नुभएको हो । उहाँले दैनिक संक्रमितको संख्या १९ हजार बढी देखिएसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने प्रक्षेपण समितिमा पेस गर्नुभएको हो ।

पौडेलले सो समयमा करिब ९ हजार व्यक्ति अस्पताल भर्ना हुने प्रक्षेपण गर्र्दै समध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने बताउनुभएको हो  । 

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : १६ बजे