‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दर्ता भयो जसपा विवादमा पदमुक्त भएका चार सांसदको रिट 

काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेको आधारमा लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । 

जसपा प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गरेका थिए ।

पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिनुभएको थियो  ।

तर, सभामुख माओवादी पक्षका भएकाले ठाकुरको पत्र बेवास्ता गर्दै यादव पक्षको कारवाही सदर गरेपछि चारैजना सांसद सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च आएका थिए । तर उनीहरु आउँदासम्म काठमाडौंमा निषेधाज्ञा लागेर अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नलिने भएपछि फर्किएका थिए ।

सर्वोच्चमा आजदेखि संवैधानिक व्याख्या,मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाई र रिट दर्ता हुने भएपछि जसपाका चार सांसदको उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने रिट दर्ता भएको हो ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : २५ बजे