राष्ट्रपति भवनमा घटस्थापना

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

काठमाडाैं – रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ वडाध्यक्षविहीन भएकाे छ ।  नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ । 

पद रिक्त रहेकाे जानकारी निर्वाचन आयाेगले सार्वजनिक सूचना जारी गरेर दिएकाे छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । याे जानकारी निर्वाचन आयाेगलाई दिनुपर्छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ५७ बजे