‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिंहदरबारमा प्रधानमन्त्री र नेता नेपालबीचको भेटवार्ता सुरू

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरू भएको छ ।

प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता भएको हो ।
यसअघि दुई पक्षबीच भएको छलफलमा पार्टीको समस्या समाधान गर्न एक कार्यदल बनाउने र सो कार्यदलको सुझावका आधारमा समस्या समाधान गर्ने सहमति भएको थियो । शुक्रबार भएको सो छलफलले कार्यदल बनाउने अधिकार दुई नेतालाई दिएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  २ : २९ बजे