आज मधेस प्रदेशमा बिदा

जनकपुरधाम – मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घाेषणा गरिएकाे छ । साेमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएकाे हाे । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : १४ बजे