राष्ट्रपति भवनमा घटस्थापना

मन्त्री झाँक्रीद्वारा मन्त्रीपरिषद्कै निर्णय उल्लङ्घन

​​​​​​​काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रीपरिषद्को निर्णय तथा कोभिड प्रोटोकलको ठाडो उल्लङ्घन गरेकी छिन् ।

मन्त्रीपरिषद्को बैठकले केही दिन अघि मात्रै कोरोना महामारीको बेलामा २५ जनाभन्दा बढी भेला वा जम्मा हुन नपाउने निर्णय गरेको थियो । तर सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो १०० दिने प्रगति सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा भने  एक सय भन्दा बढि मानिसहरुलाई सहभागी गराइएको थियो । 

प्रधानमन्त्री देउवाले २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थप्दा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।आज आफ्नो प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले भने निकै तामझाम गरेकी छिन् ।

झाँक्रीले मन्त्रीको कार्यभार सम्हालेको सय दिनमा विभिन्न महत्वपूर्ण कामहरु गरेको बताएपनि व्यवहारमा त्यस्तो केहि नदेखिएको कार्यक्रममा उपस्थित कतिपयले बताएका छन् ।

 प्रखर बोल्ने महिला नेतृ झाँक्री केहि समय अघि पिर्के सलामीका कारण समेत विवादित बन्दै आएकी थिइन् ।

​​​​​​​

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ४ : ४१ बजे