‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न माग

​​​​​​​काठमाडौं । स्थानिय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

सोमबार संयुक्त विज्ञप्ती निकाल्दै तीन संगठनले ‘संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहिन स्थानीय तहको परिकल्पना गरेको छैन’ भन्दै तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएका हुन् । 

७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । ‘स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिने भएकोले दोस्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । 

समयमा निर्वाचन हुन नसके संवैधानिक संकट आउने र वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्नेलगायतमा असर पर्ने उनीहरुको भनाई छ ।

ध्यानाकर्षण पत्रः-

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १ : ०८ बजे