राष्ट्रपति भवनमा घटस्थापना

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयका अनुसार पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट  पोजेटिभ आएको हो । 

केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गर्दै मन्त्री आले हाल मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेर होम आइसोलेसनमा बसेका छन् । 

उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । ‘माननीय मन्त्री ज्यू र मलाइ कोरोना भाइरसले संक्रमण गरेकोले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेको कुरा अबगत गराउन चाहान्छु। हामी दुबैलाई  सामान्य लक्षण मात्र देखिएको छ। अरु स्वास्थ्य अबस्था सामान्य रहेको छ।’ रेग्मीले सामाजिक सञ्जालमा लेखेका छन् । 

मन्त्री आलेले यसअघि आइतबार विवादमा तानिएकाे बतास समूहले भाडामा लिएकाे पशुपतिकाे धर्मशाला र नारायणहिटी दरबारको अनुगमन गरेका थिए । 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ५८ बजे