सुनको मूल्यमा सामान्य वृद्धि, ९२ हजार पाँच सय रुपैयाँमा कारोबार  

​​​​​​​काठमाडौँ । सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएको छ । 

नेपाल  सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ३८ बजे