एमाले रौतहटको अध्यक्षमा त्रिभुवन साह चयन, निवर्तमान अध्यक्षको विरोध

रौतहट  । नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । 

साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।

एमाले नवौँ जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो ।

तर,  निवर्तमान अध्यक्ष गिरीले अध्यक्ष मण्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध भन्नुभएको छ । उहाँले अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन।  सोमबार दिउँसो ११ः०० बजे  गरुडा पार्टी कार्यालयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक अनुरोध गर्नुभएको छ । 

तर स्थायी कमिटी सदस्य साहले अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र  रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिनुभएको छ । 

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ९ : ११ बजे