‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालमा कोभिडः परीक्षण गरिएकामध्ये करिब एकतिहाइमा सङ्क्रमण पुष्टि

काठमाडौं । भारतमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि नेपालमा पनि संक्रमणदर बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक परीक्षणमध्ये करिब ३६ प्रतिशतमा कोभिड संक्रमण देखिन थालेको हो ।

आइतबारसम्मको मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा २५ हजार ६८० जना सक्रिय संक्रमित रहेका छन् । आइतबार मात्रै १५ हजार १३१ जनामा गरिएको कोभिड परीक्षणमध्ये चार हजार ९६१ जनामा संक्रमण पुष्टि भएको थियो ।

देशका सातवटा प्रदेशमध्ये हाल प्रदेश नंवर १ का दुई हजार ९७५, प्रदेश नं २ का पाँच हजार २२९, बागमतीका १० हजार ३२०, गण्डकीका तीन हजार ८१३, लुम्बिनीका चार हजार २४१, कर्णालीका एक हजार ३२७ जना र सूदुरपश्चिमका दुई हजार ६२३ जना संक्रमित अस्पतालमा भर्ना भएको मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार देशका कुल सक्रिय संक्रमितमध्ये काठमाडौं जिल्लामा मात्र ११ हजार ३३३ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : १६ बजे