‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री कार्यालयका ४० जना कर्मचारीमा कोभिड संक्रमण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ४० जना कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ । 

दुई दिन लगाएर गरिएको परीक्षणमा कार्यालयका कार्यरत २ सय जना कर्मचारीमध्ये तीन जना सचिव सहित ४० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीका प्रमुखसमेत रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिव रामप्रसाद थपलिया र भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएर पदस्थापन हुन नसकेका सचिव कृष्णबहादुर रावत लगायत ४० जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । 

कार्यालयमा कार्यरत सहसचिव मनोज आचार्य र एक जना अर्का सचिव गरी दुर्इ जना सहसचिवलाई पनि कोरोना संक्रमण पुष्टि भएको कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : १२ बजे