राष्ट्रपति भवनमा घटस्थापना

मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

वीरगन्ज ।  प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै  युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।  

आईतबार युवाहरुले मुख्यमन्त्री राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिँदै नारावाजी गरेका हुन् ।  

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद लगायतका नारा लगाएका थिए । 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ३ : ०३ बजे