‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली काबुल प्रस्थान

काठमाडौँ । अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली आज काबुलतर्फ प्रस्थान गरेको छ ।

परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहितको नेपाली टोली आज बिहान हिमालय एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको हो ।

खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडासहित झन्डै १२ टन मानवीय सहायता सामाग्री लिएर नेपाली टोली त्यसतर्फ जाँदैछ । मानवीय सहायता सहयोग सामग्री बोकेको  हवाईजहाज अफगानिस्तानको राजधानी काबुल पुगेर  विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने बताइएको छ ।  

परराष्ट्र मन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा प्रवक्ता लम्साल सहितको नेपाली टोलीलाई बिदाइ गर्नुभयो ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : ५५ बजे